नियम ६
नेपाल सरकारको स्वामित्व भएको प्रतिष्ठानले बोनस वापत छुट्याउनु पर्ने रकम :
(१) नेपाल सरकारको
स्वामित्वमा नाफा आर्जन गर्ने उद्देश्यले स्थापना
भएको प्रतिष्ठानले आफूले आर्जन गरेको प्रत्येक
आर्थिक वर्षको खुद मुनाफाको पाँच प्रतिशत
बराबरको रकम बोनस बापत छुट्याउनु पर्नेछ ।
(२) उपनियम (१) मा जुनसुकै कुरा लेखिएको भए तापनि नेपाल सरकारको स्वामित्वमा नाफा आर्जन गर्ने उद्देश्यले नेपाल सरकारले तोकिदिएको क्षेत्रमा स्थापना भएको एकाधिकार प्राप्त प्रतिष्ठानले आफूले आर्जन गरेको प्रत्येक आर्थिक वर्षको खुद मुनाफाको एक प्रतिशत बराबरको रकम मात्र बोनस बापत छुट्याउनु पर्नेछ।
(३) नेपाल सरकारको स्वामित्व भएको प्रतिष्ठानले बोनस वितरण गर्नु पूर्व नेपाल सरकार, अर्थ मन्त्रालयको स्वीकृति लिनु पर्नेछ र स्वीकृति प्राप्त भएपछि सोको जानकारी सम्बन्धित श्रम कार्यालयलाई समेत दिनु पर्नेछ।
(४) उपनियम (३) बमोजिम स्वीकृति मांग गर्दा उपनियम (२) मा लेखिएका विव्रणहरुका अतिरिक्त देहायका थप विवरणहरु समेत पेश गर्नु पर्नेछ दूत
(क) प्रोदभावी आधार ५एक्रअल बेसिस) मा राखिएको खर्च अनुसार अर्को वर्षमा _ भुक्तानी: गरेको खर्चको विबरण र सोको पुष्ट्याँई हुने आधार,
(ख) बिवरण पेश गरेको आर्थिक वर्षसम्मको सम्भावित दायित्व (कन्टिन्जेन्ट लियाबिलिटी) को विवरण र सो बापत छुट्टै कोष खडा गरी रकम जम्मा गरेको पुष्ट्याँई,
स्पष्टीकरणः यस नियमको प्रयोजनको लागि "सम्भावित दायित्व" भन्नाले प्रतिष्ठानले लिएको सापटी, क्रण तथा सो बापत तिर्नु पर्ने बाँकी ब्याज, वारेन्टी, जमानत, सञ्चित नोक्सानी, कर दायित्व, भुक्तानी दिनुपर्ने बिल, कर्मचारी विनियमावली बमोजिम कर्मचारी अवकाश हुँदा भुक्तानी दिनुपर्ने सुविधा बापतको दायित्व साथै अन्तर्राष्टिय बजारमा प्रचलित ब्याजदर समायोजन गरिएको रकम समेत सम्झनु पर्छ।
(ग) नेपाल सरकारसँग बा नेपाल सरकार जमानत बसी लिएको कर्णको साँबा तथा ब्याज त्यस्तो क्र्रण लिँदाका बखत गरेको तमसुकमा उल्लिखित तालिका अनुसार चुक्ता गरेको विवरण ।
(५) उपनियम (१), (२), (३) र (४) मा जुनसुकै कुरा लेखिएको भए तापनि नाफा कमाउने उद्देश्य नलिई नेपाल सरकारको स्वामित्वमा कुनै क्षेत्रको नियमन, प्रवर्द्धन र संवर्द्धन गर्न स्थापना भएको प्रतिष्ठानले बोनस बापत रकम छुट्याउन पाउने छैन।
(६) नेपाल सरकारको स्वामित्व भएको प्रतिष्ठानले यस नियम बिपरीत हुने गरी बोनस वितरण गरेमा बोनस वितरण सम्बन्धी निर्णय गर्ने अधिकारीबाट त्यसरी वितरण गरेको बोनस बापतको रकम सरकारी बाँकी सरह असूल उपर गरिनेछ ।